नियम १३
राजस्वको वार्षिक आर्थिक विवरण तयार गर्ने
प्रत्येक कार्यालयले आर्थिक वर्ष समाप्त भएको पैंतीस दिन भित्र लगती राजस्वको रकम र असूल हुन बाँकी रकम तथा हसबली राजस्व समेतको कच्चावारी समेत भिडाई राजस्वको वार्षिक आर्थिक विवरण तयार गरी तालुक कार्यालय, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्नु पर्नेछ ।